बुधबार, २४ असार २०८३
नेपाली

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Main News Image

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अहिले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका हिमाली भूभागका थोरै स्थानसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेस र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ । दिउँसो देशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति...

मौसम पूर्वानुमान : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदलीको अवस्था रहनेछ...

देशभर मनसुनको प्रभाव कायमै : आज केही स्थानमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव निरन्तर रूपमा कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसप...

मौसम पूर्वानुमान : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौ...

मौसम प्रतिकूल बन्दा गोसाइँकुण्ड गएका तीर्थयात्रु प्रभावित

काठमाण्डौँ । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवाग...

वन डढेलोमा कमी, मनसुन पूर्वको वर्षाले घटायो

काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।

वन तथा भ...