देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव कायमै रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । यसका कारण अहिले देशभर साधारणतया बदली रही कोशी र गण्डकी प्रदेशका केही स्थान, बागमती र कर्णालीका थोरै स्थान तथा मधेश र सुदूरपश्चिमका एक(दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, पहाडी भूभागका धेरै स्थानका साथै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।
मनसुन सक्रिय : देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विशेष अपिल गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव तीव्र रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र आसपास सरे...
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा...



