मनसुन थप चार प्रदेशमा विस्तार, अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण
काठमाडौँ । नेपालमा यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । औसत समयभन्दा छ दिन ढिलो गरी गत शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजसम्म आइपुग्दा थप चार प्रदेशमा फैलिएको हो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म विस्तार भइसकेको छ। सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष छ दिन ढिलो गरी प्रवेश गरेको हो ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मनसुनी प्रणाली हाल कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा पूर्ण रूपमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ। हाल मनसुनको प्रभाव विस्तार भएसँगै विशेषगरी पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा, पहिरो र लेदो पन्छाएपछि यातायात सुचारु
बनेपा । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा यातायात सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेको पहिरो र लेदो पन्छाएपछि आज बेलुकादेखि राजमार्ग पुनः सुचारु भएको हो । शुक्रवार र शनिवार परेको लगातारको वर्षाका कारण...


