मङ्गलबार, २० असोज २०८३
नेपाली

देशभर मनसुनी वर्षा कायम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Main News Image

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रही बागमती, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थान र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने मौसम पूर्वानुमान छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि पानी पर्ने सम्भावना देखिन्छ।

महाशाखाले कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई नदी तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना

बैतडी । मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–१ हाटमा शुक्रबार अस्थायी म...

कमजोर बन्दै मनसुनी र पश्चिमी वायु, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले  देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ...

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न राति...

बिहीबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी...