घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउनका लागि घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले घटस्थापनादेखि आजसम्म कुल ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रुहरू उपत्यकाबाट बाहिरिएको जानकारी दिए।
दशैं नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा(व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका नयाँ तथा पुराना बसपार्क र प्रमुख नाकाहरूमा यात्रुको चाप अत्यधिक बढेको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्...
औसतमा आज बाहिरिनुपर्ने थियो मनसुन , तर अझै केही दिन लाग्ने अनुमान
१६ असोज, काठमाडौँ । नेपालबाट मनसुन बाहिरिने औसत मिति आज, अक्टोबर २ अर्थात् असोज १६ गते हो । तर औसत मिति भएकाले हरेक वर्ष यही दिन मनसुन बाहिरिन्छ भन्ने हुँदैन । मौसमको अवस्था हेरेर केही दिनअघि वा पछि मनसुन बाहिरिने गर्छ । यस वर्ष भने नेपालबाट मनसुन...
काठमाडौंमा दिनदहाडै घरभित्रै चितुवाको आक्रमण, दुई जना घाइते
काठमाडौँ । काठमाडौंको एक घरमा चितुवा पसेको छ । तारकेश्वर नगरपालिका–९ स्थित स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।
दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन् । दुलाल महर्जनलाई...
अघिल्लो दिनभन्दा घट्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौँ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो भन्दा तल झरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो । हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस...
महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु
धादिङ । थाक्रे गाउँपालिकास्थित महादेवबेंसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश ३,०१००६ ख १५५२ नम्बरको बस आज...
एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो। अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम...


