सोमबार, ०९ कात्तिक २०८३
नेपाली

एमाले महाधिवेशन उद्घाटस्थलमा चहलपहल, बम डिटेक्टर र तालिमप्राप्त कुकुर परिचालन

Main News Image

काठमाडौँ । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलमा चहलपहल बढेको छ । भक्तपुर सल्लाघारीस्थित उद्घाटन समारोहस्थलमा कार्यकर्ताहरू भरिन थालेका छन् । कार्यक्रमस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले उदघाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।

विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिटेक्टर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् । उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ । जनपरिचालनलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापनमा विशेष योजना लागू गरिएको छ। सहभागीहरूलाई पार्किङस्थलबाट व्यवस्थित तरिकाले महाधिवेशनस्थलसम्म ल्याउन सर्भिस लेनबाट भव्य जुलुससहित आउने प्रबन्ध मिलाइएको एमालेले जनाएको छ । विभिन्न जिल्लाबाट आउने सवारी साधनहरूका लागि जगातीस्थित भाइरल प्लानिङ र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा पार्किङको व्यवस्था गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

सरकारलाई विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले वर्तमान सरकारले जेनजी आन्दोलनको भावना कदर नगरेको भन्दै विरोध जनाएको छ । आज जारी विज्ञप्तिमा नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न दबाब दिएका छन्। उनले अन्तरिम सरकार भङ्ग गरी सर्...

बादलको अभिव्यक्तिमा सुरेन्द्र पाण्डेको पनि असहमति

काठमाडौँ । बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दल नेता राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर नेता सुरेन्द्र पाण्डेले पनि आपत्ति जनाएका छन् । पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै, आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख...

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका...