शनिबार, २१ कात्तिक २०८३
नेपाली

भावुक बनिन् सांसद रचना खतिवडा-जिउँदो छोरो ल्याइदेऊ, अहिल्यै सांसद छाडिदिन्छु

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लोभमा संसद् नआएको स्पष्ट पार्दै जेनजी  आन्दोलनमा बलिदान दिएका छोरासहित सम्पूर्ण सहिदको न्यायका लागि संसद्मा खबरदारी गरिरहेको बताएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खत्रीले आफ्नो व्यक्तिगत पीडा र न्यायको यात्राबारे बोल्दा संसद्को माहोल भावुक बनेको थियो। उनले आफ्ना छोराको बलिदान खेर जान नदिन र वर्तमान सरकारलाई उत्तरदायी बनाउन आफू संसद्मा पुगेको बताइन् ।

आफ्नो मर्मस्पर्शी वक्तव्य राख्दै उनले भनिन्, “आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर वा पदको लालच थिएन । यो मेरो न्याय खोज्ने यात्रा हो। मेरो कोखमा नौ महिना हुर्किएर, ताते(ताते गर्दै मेरा आँखासामुन्ने बढेको मेरो मुटुको टुक्रा यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो। यो एउटा पवित्र यात्रा हो ।”

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा ३ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रियसभाका अ...

सञ्चारमन्त्रीद्वारा गोंगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्ण...