नागढुंगा सुरुङमार्ग : चार दिनमा ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत
काठमाडौँ । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको यस सुरुङमार्गबाट नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार दैनिक करिब ८ हजारको हाराहारीमा सवारी साधन आवतजावत गरिरहेका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले सुरुङमार्ग सञ्चालनमा आएको पाँच दिनमा सवारीसाधनको चाप क्रमशः बढ्दै गएको जानकारी दिए। उनका अनुसार पहिलो दिन आइतबार करिब सात हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेकामा त्यसयता दैनिक आवतजावत गर्ने सवारीसाधनको संख्या बढेर आठ हजारको हाराहारीमा पुगेको हो।
सुरुङमार्ग सञ्चालनको पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ, दोस्रो दिन १२ लाख ७१ हजार रुपैयाँ, तेस्रो दिन १३ लाख १५ हजार रुपैयाँ र चौथो दिन १४ लाख ३१ हजार रुपैयाँ रकम संकलन भएको छ। पाँचौँ दिनको पूर्ण विवरण भने संकलन प्रक्रिया पूरा भई राति १२ बजेपछि मात्रै अद्यावधिक हुने भएकाले तत्काल यकिन तथ्यांक प्राप्त भइनसकेको पन्थीले बताए।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो ।
...
नेप्सेमा ४.२८ अंकको गिरावट, ४ अर्ब ७१ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ...



