बुधबार, २४ भदौ २०८३
नेपाली

नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम

Main News Image

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरुमा आबद्ध रही कार्य गर्ने  १८५ जना अभिकर्ताहरुलाई पोखरा स्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षणको क्रममा वहाँले एमडीआरटी, सिओटी र टिओटीको  लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरु अबलम्बन गरि फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत स्मृती राज कंडेलज्युले यस प्रकारको तालिमबाट अभिकर्ताहरुको मनोबल वृद्धि भै आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएको हुँदा कम्पनीले अभिकर्ताहरुलाइ उत्कृष्ट तालिम दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता भन्ने नारा सहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट  ७०० भन्दा बढी छनौट भएका सबै अभिकर्ताहरुलाई पायक पर्ने बिभिन्न स्थानहरुमा  कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो साथै वहाँले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशिल प्रताप राणाले अभिकर्ताहरुलाई आजको तालिमबाट सिकेको ज्ञानलाई ब्यबहारमा उतारी  प्रतिस्पर्धात्मक बजारमा आफुलाई अब्बल साबित गरेर देखाउनु हुनेछ भन्ने आपेक्षा रहेको बताउनु भयो । पोलिसी सर्भिसिङ बिभाग प्रमुख सुस्मिता राणाले धन्यबाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस प्रकारको उत्कृष्ट तालिमबाट आफुहरुको मनोबल उच्च भएको हुँदा आगामी दिनहरुमा बिमा ब्यबसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको बताएका थिए ।


mediabaaji add

सम्बन्धित खबर

सोमबारका यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०६...

सामान्य अंकले बढ्यो सेयरबजार, नेप्से २६४१.८५ विन्दुमा

काठमाडौँ । सेयरबजार सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ९५ करोडभन्दा बढी कित्ता सेयर किनबेच ह...

चिया निकासीमा भारतीय अवरोध हट्यो

विराटनगर । नेपाली चियाको गुणस्तर परीक्षणका नाममा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड ९एसओपी० का कारण झन्डै दुई महिनादेखि अवरुद्ध भएको नेपाली चिया निकासी मंगलबारदेखि पुनस् सुरु भएको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीक...

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २८ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा तान्ने भएको हो । 

यसका लागि आज...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैया...

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

काठमाडौँ । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकले जानकारी दिएको छ । कुनै समय आक्रामक बैंकिङको...