धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ ।
समुद्री सतहबाट करिब तीन हजार ३०० फिट उचाइमा रहेको मन्दिर पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टा उकालो यात्रा गर्नुपर्छ । यहाँ पूजाआराधना गर्दा मनोकामना पूरा हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । भारतीय सीमा क्षेत्र नजिक पर्ने धार्मिकस्थल भएका कारण भारतबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।
स्थानीयका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनको समयदेखि यस क्षेत्रको धार्मिक महत्व रहँदै आएको जनश्रुति छ । यसकारण दाउन्ने देवी मन्दिर ऐतिहासिक मन्दिरका रूपमा परिचित रहेको दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिहर सुवेदीले बताए । विशेषगरी बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी तथा अन्य पर्वका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । दाउन्ने देवी मन्दिरलाई शक्तिपीठका रूपमा पूजाआराधना गर्ने गरिएको अध्यक्ष सुवेदीले बताए । विवाह, व्रतबन्धलगायत कार्य गर्नका लागि पनि स्थानीयहरू मन्दिरमा आउने गरेको सुवेदीले बताए ।
यस क्षेत्रमा लक्ष्मीनारायण मन्दिर, शिवालय, गायत्री मन्दिर, गुम्बालगायत धार्मिकस्थल पनि छन् । दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिले गौशालासमेत सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । सार्वजनिक बिदाका दिन यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको उनले बताए । “दसैँका बेला यहाँ भक्तजनको ठूलो घुइँचो लाग्छ भने अन्य समयमा सार्वजनिक बिदाका दिनमा उल्लेख्य भक्तजन आउने गर्छन्”, अध्यक्ष सुवेदीले भने।
प्राकृतिक रूपमा सुन्दर स्थान भएकाले धार्मिक यात्रामात्र नभई घुमफिरका लागि पनि मानिसहरू यहाँ आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा दाउन्ने देवी मन्दिर पनि सूचीकृत गरिएको छ । तर राज्यस्तरबाट मन्दिरको विकासका लागि खासै चासो नदिइएको उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो । आयोगले माग...
कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक दुई...
नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती
काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित...
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन ज...
गौरबाट छुटेको बससहित तीन साधन ठोक्किँदा ३३ जना घाइते
रौतहट । रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर...
सुनसरीको देवानगञ्ज र हरिनगरमा अनिश्चितकालीन कर्फ्यु
इनरुवा । साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच भीषण झडप, तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।&n...



