शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

कांग्रेसमा झन्डै ३ लाखले गरे क्रियाशील सदस्यता अद्यावधिक

Main News Image

काठमाडौँ । नेपाली काङ्ग्रेसका झन्डै ३ लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । ‘जरा अभियान’अन्तर्गत गत वैशाख १ गते सुरु भएको सदस्यता अद्यावधिक सुरु गरेको थियो । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, उक्त अभियानमा झन्डै ३ लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी रहेकै बेला कांग्रेसले नयाँ क्रियाशील सदस्यताको फारम खुला गरेको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्न थप गरिएको समय सकिन दुई दिन मात्र बाँकी रहँदा कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको हो ।

“यही प्रकृतिको म्याद बढाउँदैनौँ होला,” दुलालले बाह्रखरीसित भने, “केही मापदण्ड राखेर अद्यावधिक गर्न नसक्नेका लागि केही घण्टा, दिन थप्न सकिएला, तर म्याद थप्ने कुरामा हामीले सोचेका छैनौँ ।” कांग्रेसको क्रियाशील सदस्यता पाइनँ भन्ने अवस्था नहुने गरी नयाँ सदस्यता निम्ति आवेदन खुला गरेको उनको भनाइ छ । नयाँ क्रियाशील सदस्यले पनि १५ औँ महाधिवेशनमा भाग लिन पाउने दुलालले बताए ।

mediabaaji add

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन हुन ९० दिनभन्दा कम बाँकी, यस्तो छ कार्यतालिका

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ८९ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनलाई क...

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् ।

उपसभापतिमा सोविता र तोसिमाको भिडन्त हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत आज हुने पदाधिकारी निर्वाचनमा महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच भिडन्त हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा महिला उ...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहान ११स्०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा...