एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल
काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मलेसियालाई अजमानस्थित सेभेन डिस्टिक ग्राउन्ड–२ मा पहिलो ब्याटिङका लागि निम्तो दियो । मलेसिया १७।२ ओभरमै ५१ रनमा समेटियो । नितेशले ८ ओभरमा २ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रनमा ३ विकेट हात पारे। कप्तान अशोक धामी र रोशन विश्वकर्माले पनि १–१ विकेट जोडे।
मलेसियाबाट नवौँ नम्बरका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाए । यी दुईबाहेक अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्। मलेसिया ८ ओभरमा १३ रनमै ७ विकेट गुमाइसकेको अवस्थामा दुवैले इनिङ केही अघि बढाएका थिए।
जवाफमा नेपालले ८ ओभरभित्रै ५५ रन बनायो । निरजकुमार यादव ४ रनमा आउट भए पनि वंश क्षेत्री १७ बलमा ७ र निश्चल क्षेत्री १४ बलमा १० रन बनाएर अविजित रहे।
साउदी अरेबिया र हङकङलाई पराजित गर्दै समूह विजेता बनेको नेपालले अब युएई र ओमानबीचको अर्को सेमिफाइनलका विजेतासँग फाइनल खेल्नेछ।
एक्सप्रेस
सम्बन्धित खबर
खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने
काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली स...
कोलकातामाथि गुजरात टाइटन्सको ५ विकेटले शानदार जित
काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा कप्तान शुबमन गिलको उत्कृष्ट र विष्फोटक ब्याटिङको मद्दतले गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक प्...
पाकिस्तानद्वारा टी-२० विश्वकपको खेल बहिष्कार
काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकपको कम्तीमा एक खेल बहिष्कार गर्ने भएको छ । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीले टी-२० विश्वकपमा फेब्रुअरी १५ मा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।
आइसिसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत...
इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल
काठमाडौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले...
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।
टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित, मिलाएनन् हात
कोलम्बो । टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो प्रतियोगिताको इतिहासमा रनको हिसाबले पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित हो । यो जितसँगै भारतीय टोली सुपर ८ को लागि छनोट भएको छ । टोली लगातार तीन जितसहित समूह ए अंक तालिका...



