नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न, गत वर्ष १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन
काठमाडौँ । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते आयोजित उक्त सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ विभागका २८० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। सम्मेलनको उद्घाटन कम्पनीका वरिष्ठ सञ्चालकहरू कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत सीईओ प्रवीण रमण पराजुलीले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले २५ वर्षको गौरवपूर्ण यात्रामा कम्पनीले जीवन बीमा क्षेत्रमा विश्वास र नेतृत्वको इतिहास बनाएको चर्चा गरे। साथै, कम्पनीले आर्थिक वर्ष २०८२,८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी संकलन गरेर ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी गराउँदै उनले यो उचाइलाई निरन्तरता दिन सबैको संयुक्त प्रयास र समर्पण आवश्यक रहेको बताए।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गत वर्षको उपलब्धिका लागि सबैलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३र८४ को व्यावसायिक लक्ष्य हासिल गर्न थप सक्रियता र अनुशासनका साथ काम गर्न आह्वान गरे। उनले हासिल भएको सफलतालाई जोगाउँदै थप नयाँ उचाइतर्फ अघि बढ्न रणनीति तथा योजनाहरू प्रस्तुत गरेका थिए । सम्मेलनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत, सीएफओ, नेशनल सेल्स हेड तथा आईटी, डिजिटल ट्रान्सफर्मेसन, मानव संसाधन लगायत विभिन्न विभागका प्रमुखहरूले आ(आफ्नो कार्यसम्पादन, उपलब्धि र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण दिएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको नयाँ विनिमयदर तोकियो, अमेरिकी डलर र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी युरोपियन युरो...
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक ५ हजारले वृद्धि
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्र्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सि...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोल...
बिजुलीमा भ्याट साउन १ देखि मात्रै लागू हुने
काठमाडौँ । सरकारले विद्युत् सेवामा लगाएको मूल्य अभिवृद्धि कर भ्याट साउन १ गतेदेखि मात्रै कार्यान्वयन हुने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभागले असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा जारी भए पनि त्यसमा भ्याट नलाग्ने जनाएको हो ।
नेपाल व...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैया...



