एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै
काठमाडौँ । एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ । मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु भएको छ ।
प्रतियोगितामा सुखद सुरुआत गरेको नेपाली टोली लगातार तेस्रो जित दर्ता गर्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। यसअघि खेलिएका आफ्ना पहिलो दुई खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले पराजित गरेको थियो।
दुई खेलबाट चार अंक जोडेको समूह ‘ए’ को नेपाल तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको साउदी अरेबिया दुई अंकका साथ समूहको पुछारतर्फ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
टी-२० विश्वकपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुर...
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...



