शुक्रबार, १६ असोज २०८३
नेपाली

एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता : ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक

Main News Image

काठमाडौँ ।  बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ। स्वदेश फर्किएका टोलीका खेलाडी तथा पदाधिकारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले स्वागत गरे।

यस पटकको एसियाली खेलकुदमा नेपाली टोलीले पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट र ऐतिहासिक प्रदर्शन गर्‍यो। नेपालले समूह चरणकै खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै १२ वर्षपछिको ऐतिहासिक जित दर्ता गर्न सफल भएको थियो ।

तर, प्रतियोगिताको पछिल्लो चरणमा भने वर्षा टोलीका लागि मुख्य बाधक बन्यो। समूह चरणको अन्तिम खेलमा वर्षाका कारण आयोजक जापानसँग अंक बाँड्नुपरेको भए पनि नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा बलियो प्रतिस्पर्धी श्रीलंकको सामना गरेको नेपालका लागि उक्त खेलमा पनि वर्षाले नै निराशा थपिदियो ।


mediabaaji add

सम्बन्धित खबर

टी-२० विश्वकप : भारतसँग खेल्न पाकिस्तान तयार, बहिष्कारको निर्णय फिर्ता

काठमाडौँ । आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा पाकिस्तानले भारतको सामना गर्ने निश्चित भएको छ । यसअघि भारतसँगको खेल बहिष्कार गर्ने अडान राखेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदाय र क्रिकेट जग...

सञ्जुको विष्फोटक शतकमा चेन्नईको पहिलो जित,दिल्ली २३ रनले पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा लगातार तीन हार बेहोरेको चेन्नई सुपर किंग्सले शनिबार राति दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। चेपौक स्टेडियममा भएको खेलमा चेन्नईले प्रस्तुत गरेको २१३ रनको विशाल लक्...

बार्सिलोनाका फ्यानलाई खुसीको खबर, ब्राजिलियन स्टार राफिन्हा २०३० सम्म बार्सिलोनामै रहने सहमति !

काठमाण्डौँ । स्पेनिस क्लब बार्सिलोना र ब्राजिलियन स्टार राफिन्हाबीच सन् २०३० सम्म सम्झौता लम्ब्याउने सहमति भएको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका राफिन्हालाई क्लबले आफ्नो दीर्घकालीन योजनाको महत्वपूर्ण खेलाडीका रूपमा राख्ने निर्णय गरेको हो ।

<...

कोलकातामाथि गुजरात टाइटन्सको ५ विकेटले शानदार जित

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा कप्तान शुबमन गिलको उत्कृष्ट र विष्फोटक ब्याटिङको मद्दतले गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक प्...

धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे...

सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा, जनकपुर अंकविहीन

काठमाडौँ । सुदूरपश्चिम रोयल्स अपराजित रहँदै नेपाल प्रिमियर लिग एनपीएल टी २० क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै प्लेअफमा पुगेको हो । १४६ रनको चुनौती सुदूरले १७...