कतारमा भएको विस्फोटमा नेपाली घाइते
काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् । उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारतीय नागरिक रहेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा परी नेपालसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियालगायतका देशका नागरिक घाइते भएका छन् । हालसम्म ६६ जना घाइतेको उपचार भइरहेको छ भने उनीहरूमध्ये कसैको पनि ज्यान जोखिममा नरहेको अधिकारीहरूले जनाएका छन् ।
कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनी ‘कतार इनर्जी’ का अनुसार ग्यास आपूर्ति सुविधा सञ्चालनमा ल्याउने क्रममा बरजान ग्यास प्लान्टमा विस्फोट र आगलागी भएको थियो। घटनाको विस्तृत विवरण आउने क्रम जारी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न राति...
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा सामान्य बदलाब देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया...
मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई...
काठमाडौंको गैरिगाउँमा भीषण आगलागी
काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो । प्रहरी घटनास्थलमा पुगेको र दमकलमार्फत आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौ...
विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् । शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले क...
देशभरका राजमार्गमा वर्षाको कहर : कान्तिलोकपथ खुल्यो, अरनिको र मेचीसहितका सडक अवरुद्ध
काठमाडौँ । मुलुकभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा पहिरो जाने, ढुङ्गा खस्ने तथा बाटो हिलो हुने समस्याले यातायात सेवा प्रभावित बनेको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपम...



