जलवायु वार्तामा पर्वतीय मुद्दालाई स्थायी एजेन्डा बनाउन नेपालको माग
काठमाण्डौँ । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका सवाललाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि यूएनएफसीसीसी अन्तर्गतका वार्तामा स्थायी तथा संस्थागत कार्यसूचीका रूपमा स्थापित गर्न अन्तरराष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ । जलवायु सङ्कटका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा बढ्दो जोखिम, हिमताल विस्फोटजन्य विपद्, जनधनको क्षति र पारिस्थितिक प्रणालीमा परेको गम्भीर असर सम्बोधन गर्न छुट्टै कार्ययोजना, नियमित संवाद र उच्चस्तरीय राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको नेपालले जनाएको छ ।
कोप–३१ अन्तर्गत यहाँ आयोजित पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनसम्बन्धी अध्यक्षस्तरीय परामर्शमा नेपालको धारणा राख्दै कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले पर्वतीय क्षेत्रका सङ्कट छलफलमा मात्र सीमित राख्न नहुने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो !
काठमाण्डौँ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सीडीओ श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अ...
औसतमा आज बाहिरिनुपर्ने थियो मनसुन , तर अझै केही दिन लाग्ने अनुमान
१६ असोज, काठमाडौँ । नेपालबाट मनसुन बाहिरिने औसत मिति आज, अक्टोबर २ अर्थात् असोज १६ गते हो । तर औसत मिति भएकाले हरेक वर्ष यही दिन मनसुन बाहिरिन्छ भन्ने हुँदैन । मौसमको अवस्था हेरेर केही दिनअघि वा पछि मनसुन बाहिरिने गर्छ । यस वर्ष भने नेपालबाट मनसुन...
इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरण...
लुम्बिनी विकास कोष उपाध्यक्षमा नियुक्त आनीको किन विरोध भइरहेको छ ?
काठमाडौँ — करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोष उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेलगत्तै विरोध सुरु भएको छ । आनीको विगत र व्यक्तिगत विवरणसमेतलाई प्रश्न उठाउँदै नियुक्ति रद्द...
तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार
काठमाडौँ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...


