मङ्गलबार, १३ असोज २०८३
नेपाली

९ अंकले घट्यो नेप्से, बजार राताम्य हुँदा १७९ कम्पनीको सेयर मूल्य घट्यो

Main News Image

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ९.०४ अंकले घटेर २६४१ विन्दुमा झरेको छ । योसँगै बजार लगातार तेस्रो दिन घटेको हो । आज ३ अर्ब ६६ करोड रुपैयाँको कारोबार भयो । ८२ कम्पनीको मूल्य बढ्दा १७९ कम्पनीको घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । हाइड्रोपावर समूहमा सबैभन्दा धेरै १ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.४७ प्रतिशत बढ्दा आत्मनिर्भर लघुवित्तको ८.८७ प्रतिशत घटेको छ । रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, फर्स्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक र आँखुखोला जलविद्युत् अगाडि रहे ।


mediabaaji add

सम्बन्धित खबर

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक...

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निष्कासन गर्ने

काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर आइपिओ निष्कासन गर्ने भएको छ ।  कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी रु ५० करोड रहे...

अण्डा र मकैमा उच्च वार्षिक वृद्धिदर

काठमाडौँ । कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष आव २०८२,८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ...

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले यही वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्र...

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ र...

विदेशी मुद्राको नयाँ विनिमयदर तोकियो, अमेरिकी डलर र पाउण्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युरोपियन युरो...