आइतबार, २५ असोज २०८३
नेपाली

नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि

Main News Image

काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ। आज १८० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ८९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

शुक्रबार बजारमा कुल ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। दिनभरमा १ करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर किनबेच भएका छन् । त्यसैगरी आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ उपसूचक १।२८ प्रतिशतले वृद्धि भएको छ। आज १९ वटै वाणिज्य बैंकको शेयरमूल्यमा वृद्धि आएको देखिएको  छ ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंकमै सिइओका रूपमा कार्यरत खनाललाई बैंक सञ्चालक समितिले बिहीबार दोश्रो कार्यकालका लागि पुनस्  सिइओ नियुक्त गरेको...

विजय लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आज पुस ६ गते बाँडफाँट गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान विजय लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो ।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघु...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।...

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद

काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल...

बिहीबार सेयर बजार हरियो, अधिकांश कम्पनीको मूल्य बढ्दा ४ अर्ब ६९ करोडको कारोबार

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ बिन्दुमा पुगेको छ । यस दिन ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने १२ कम्...

नेशनल लाईफद्धारा मधेश प्रदेशका सिइओ क्लब सदस्यहरु सम्मानित

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट...