आइतबार, २८ भदौ २०८३
नेपाली

साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

Main News Image

काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो । 

यस साता औसतमा ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ४ अर्ब ७४ लाखको सेयर कारोबार भएकोमा सोमबार  ३ अर्ब ४४ करोडको भयो । यस्तै, मंगलबार ३ अर्ब २९ करोड, बुधबार ४ अर्ब ५ करोड र बिहीबार ४ अर्ब ५७ करोडको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से १२.५० अंकले घटेर २५९४.८७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन नेप्से ६.७४ अंकले घटेर २६०१.६१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से १६.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ५.७० अंकले बढेर २६२५.७० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । साताको अन्तिम अर्थात् पाँचौ कारोबार दिन नेप्से १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । ​​​​​​​


mediabaaji add

सम्बन्धित खबर

नेपालमा लगानी विस्तार गर्दै ठूला करदाता कम्पनी, जलविद्युत‍्देखि पेय पदार्थसम्म २०० अर्ब थपिँदै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छ्न । सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार ग...

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाण्डौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको...

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैया...

डलरको मूल्य १५३ रुपैयाँ नाघ्यो, कुवेती दिनारको बिक्रीदर ५०० रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

<...

निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग

काठमाडौँ । निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा, निर्माण सामग्रीको मूल्य अत्यधिक बढेसँगै उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ कि मध्यपूर्व युद्धका क...