बुधबार, ११ कात्तिक २०८३
नेपाली

खेलाडीको नयाँ वर्गीकरण,पहिलो पटक ‘ए प्लस’ श्रेणी थप

Main News Image

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको नयाँ संरचना सार्वजनिक गरेको छ । सन् २०२५,०२६ को घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीहरूको स्तर र प्रदर्शनका आधारमा यो नयाँ वर्गीकरण तय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । यो पटक सम्झौतामा समेटिने खेलाडीहरूको संख्या बढाउनुका साथै सबै श्रेणीमा मासिक ५ हजार रुपैयाँ पारिश्रमिक वृद्धि गरिएको छ ।

यस वर्ष क्यानले कुल ६३ खेलाडी ३८ पुरुष र २५ महिलालाई विभिन्न श्रेणीमा विभाजन गरेको छ । क्रिकेट इतिहासमै पहिलो पटक पुरुषतर्फ ‘ए प्लस’ श्रेणीको विशेष व्यवस्था गरिएको छ, जसमा एकदिवसीय टोलीका कप्तान रोहितकुमार पौडेल, टी–२० आईका कप्तान दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने मात्र समेटिएका छन् ।

‘ए प्लस’ मा परेका यी तीन खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यस्तै, ‘ए’ श्रेणीमा रहेका कुशल भुर्तेल, सोमपाल कामी, करण केसी र आसिफ शेखले प्रतिमहिना १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । ‘बी’ श्रेणीका खेलाडीलाई ७५ हजार र अधिकांश राष्ट्रिय ‘ए’ टोलीका सदस्यहरू रहेको ‘सी’ श्रेणीका खेलाडीलाई ५५ हजार मासिक तलब तोकिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आइसिसी वुमन्स टी-२० विश्वकप : नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौँ । आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो।

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।

महिला गोल्डकपमा उद्घाटन खेल जितेर पुलिस फाइनलमा, विजेतालाई पाँच लाख

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको...

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...

भारत टी–२० विश्वकपको फाइनलमा, इङ्गल्याण्ड ७ रनले पराजित

काठमाडौँ । आयोजक भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतको मुम्बईस्थित वानखेडेको मैदानमा भारत ७ रनले विजयी भयो । २५४ रनको चुनौती पछ्याएको इङ्गल्याण्डले ७ विकेटको क...

टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित, मिलाएनन् हात

कोलम्बो । टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो प्रतियोगिताको इतिहासमा रनको हिसाबले पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित हो । यो जितसँगै भारतीय टोली सुपर ८ को लागि छनोट भएको छ । टोली लगातार तीन जितसहित समूह ए अंक तालिका...