मङ्गलबार, १२ साउन २०८३
नेपाली

काठमाडौं उपत्यकामा जग्गाको नयाँ सरकारी मूल्य निर्धारण : न्युरोड, दरबारमार्ग र माइतीघर क्षेत्र सबैभन्दा महँगो

Main News Image

काठमाडौँ । भूमि व्यवस्था तथा अभिलेख विभाग अन्तर्गतका मालपोत कार्यालयहरूले नयाँ आर्थिक वर्ष २०८३र८४ का लागि देशैभरिका जग्गाको न्यूनतम मूल्यांकन अर्थात् सरकारी मूल्य सार्वजनिक गरेका छन् । मालपोत कार्यालयहरूले जग्गाको प्रयोजन र बाटोको पहुँचका आधारमा गत आर्थिक वर्षको तुलनामा अधिकतम १० प्रतिशतसम्म मूल्य वृद्धि गरी नयाँ दर कायम गरेका हुन् । 

नयाँ दररेट अनुसार काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक तथा प्रशासनिक क्षेत्रका जग्गाहरूको मूल्य सबैभन्दा बढी तोकिएको छ भने भक्तपुर तथा उपत्यका बाहिरका अधिकांश स्थानमा गत वर्षकै मूल्यांकनलाई निरन्तरता दिइएको छ ।

काठमाडौँका मुख्य प्रशासनिक तथा व्यापारिक केन्द्रहरूमा जग्गाको सरकारी मूल्य सर्वाधिक कायम गरिएको छ । माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ, जमल, दरबारमार्ग, कमलादी, केशरमहल, ठमेल, क्षेत्रपाटी, हनुमानढोका, इन्द्रचोक, असन, रत्नपार्क, पुरानो बसपार्क र सहिद गेट क्षेत्रका मूलबाटोसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रूपैयाँ तोकिएको छ। गत वर्ष यी क्षेत्रको मूल्य प्रतिआना ७२ लाख ६० हजार रूपैयाँ रहेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैस...

पुनर्निर्माण कोषमा ६ करोड १० लाख संकलन

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएक...

विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक : कुन देशको रुपैयाँ कतिमा खरिद बिक्री हुँदैछ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम भएको छ । यस्तै, युरोप...

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, ३ लाख ४७ हजारले पाए शेयर

काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०...

म्यान्मारका दुई धार्मिक स्थलको पुनर्निर्माणका लागि नेपालले दियो साढे तीन लाख अमेरिकी डलर

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले...

एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

काठमाडौँ । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२...