मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य

Main News Image

काठमाडौँ । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकीकृत डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत नागरिकहरूले अब राष्ट्रिय परिचयपत्र, नागरिक एप र मोबाइल नम्बरको प्रयोग गरी विभिन्न यातायात सेवाका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।

यातायात व्यवस्था विभागले सेवा प्रवाहलाई सरल बनाउन नागरिक एप, राष्ट्रिय परिचयपत्र प्रणाली तथा मोबाइल सेवा प्रदायकका प्रणालीबीच एकीकरण गरेको जनाएको छ । यससँगै आवेदन भर्दा सेवाग्राहीका व्यक्तिगत विवरण नागरिक एपबाट स्वत अटो फिल भरिने व्यवस्था गरिएको छ, जसले आवेदन प्रक्रिया छिटो र सहज बनाउने विश्वास गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आजदेखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...

भोटेकोशी विपद्को वैज्ञानिक अध्ययन गर्न सरकारद्वारा ७ सदस्यीय उच्चस्तरीय समिति निर्माण

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक वैज्ञानिक आधार र प्रमाण खोजी गर्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा उक्...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ प...

सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै

काठमाडौँ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र...

यस्तो छ मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण

काठमाडौँ । खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत् आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको हो...

म्यान्मारका दुई धार्मिक स्थलको पुनर्निर्माणका लागि नेपालले दियो साढे तीन लाख अमेरिकी डलर

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले...