प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसाल आमरण अनसनमा
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । भुसालले मंगलबार ८ पुस राति १० बजेदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका हुन् । जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्रीको राजीनामा माग गर्दै पुस ७ र ८ गते गरेको प्रदर्शनमा भुसाल पनि सहभागी थिए ।
ढुंगाना समूहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको थियो । ढुंगाना– निकोलसको समूहले समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । यस्तै जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ । उनीहरूले प्रधानमन्त्री कार्कीले राजीनामा दिएर सर्वपक्षीय सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्लामा नआत्तिन आग्रह
काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै विभिन्न फोन तथा सूचना प्राप्त भइरहेका बेला नेपाल बाढी सूचनाले त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ । नेपाल बाढी सूचनाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव के...
विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै
काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...
१८ सय मिटर सडक आठ वर्षदेखि अलपत्र
बाँके । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० म...
एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ ।
विगतका वर्षमा पर...
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।
कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी ९कमलाक्षी० चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्...
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
काठमाडौँ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । आज पूर्ण रूपले उपबास ब...



