न्याय माग्न सिंहदरबार पुगेका निहारिका र विनु यादव पाँच दिन हिरासतमा
काठमाडौँ । आफूहरू हिंसामा परेको भन्दै न्याय माग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका निहारिका राजपुत र विनु यादवलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष उनीहरूलाई हिरासतमा राख्न अनुमति मागेको थियो। सोहीअनुसार प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
घरेलु तथा लैंगिक हिंसामा परेको भन्दै न्यायको माग गर्दै केही दिनदेखि सिंहदरबारको गेटमा धर्ना दिँदै आएका उनीहरू बिहीबार बिहान ९ बजे सिंहदरबारभित्र प्रवेश गरेका थिए। प्रधानमन्त्री कार्यालय पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरी मालीगाउँस्थित प्रहरी प्रभागमा राखेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
गौशाला बजारमा झडप, प्रहरीले हान्यो १७ सेल अश्रुग्यास
महोत्तरी । गौशाला बजारमा बालकले कुखुरा हिर्काएको विषयमा चर्किएको विवाद नियन्त्रण लिन प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको छ । सोमबार साँझ महोत्तरीको गौशाला नगरपालिका–५ स्थित बजारमा ६ वर्षीय बालकले कुखुरा हिर्काएको विषयमा विवाद भएको थियो । झडपला...
निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी
काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले...



