शुक्रबार, २३ असोज २०८३
नेपाली

झापाको चुनावी सुरक्षामा नौ हजार सुरक्षाकर्मी परिचालन

Main News Image

काठमाडौँ । हेभिवेट उम्मेदवारको भिडन्तले इलेक्सन इपिसेन्टर झापामा चुनावी सुरक्षा कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहित नौ हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।

नेपाल प्रहरीले झापाको सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी झापा र इलामको समन्वय गर्ने गरी प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीसहित ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । २८५ मतदानस्थल रहेको झापामा ४३ वटा मतदानस्थल समान्य, १४७ संवेदनशील र ९५ वटा अतिसंवेदनशील मतदानस्थल छन् । सुरक्षाका लागि मतदानस्थलमा जाने कर्मचारीसँगै सुरक्षाकर्मी पनि परिचालन गरिसकिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । नेपाल प्रहरी पहिलो, सशस्त्र दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिनेछ ।

उनका अनुसार तीनै तहका सुरक्षा निकायले संयुक्त गस्ती र पेट्रोलिङ गरिरहेका छन् । झापा निर्वाचन शान्तिपूर्ण हुने प्रजिअ गेलालको दाबी छ । ‘हामी ढुक्क भएर मत खसाल्न आउन नागरिकलाई आग्रह गर्दछौँ,’ उनले भने ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

काठमाण्डौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्र...

चुनाव नजिकिँदै गर्दा शीर्ष नेताको दिल्ली दौड, भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिँदै

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन आउन अब ५८ दिन मात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको नयाँदिल्ली दौड तीव्र बनेको छ । कुनै ठूलो राजनीतिक फेरबदल नभए फागुन २१ मा चुनाव हुने निश्चित देखिएको छ । अघिल्लो साता डा। बाबुराम भट्टराई चारदिने...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ः०० बजे बस्दै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकमा प्रधानमन्...

गुलाफको फूल चुनाव चिह्न लिएर विप्लवले दर्ता गरे नेकपा माओवादी

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आगामी फागुन २१ गतेको चुनावमा भाग लिने भएको छ । विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । मंगलबार निर्वाचन आयोगमा दर्ता भएको स...

राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ

काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित व...

रास्वपा विधानमा रातारात हेरफेर : बन्दसत्र बाहिरबाट बुँदा थपिएपछि गम्भीर संशय

काठमाडौँ । असार ७ देखि १२ गतेसम्म  चितवनमा सम्पन्न पहिलो महाधिवेशनमार्फत पारित गरिएको विधानलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भित्र गम्भीर विवाद र संशय पैदा भएको छ ।

पार्टीले सोमबार आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको वि...