शनिबार, २० असार २०८३
नेपाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

Main News Image

पोखरा । विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस्तुत गर्दैछ। तर, एपीएफबाट प्रभावशाली प्रदर्शन गर्दै आएकी निरुता भने हुने छैनन् । 

बुधवार सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबविरुद्धको खेलमा स्पाइक प्रहार गर्ने क्रममा उनी घाइते हुन पुगेकी थिइन् । उनको खुट्टामा चोट लागेको थियो। चोटिल खुट्टामा बेन्डेज लाइएकाले उनलाई प्रतियोगिताको अन्तिम खेलमा आराम दिइएको हो ।

mediabaaji add

सम्बन्धित खबर

आज दुई खेल- जनकपुर र विराटनगर, सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सु...

राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य

काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...

विश्वकपअघि क्यानडासँग भिड्दै नेपाल, मुम्बईका सबै खेलका टिकट सोल्ड आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाली क्रिकेट टोलीले आज क्यानडासँग आफ्नो अन्तिम अभ्यास खेल खेल्दैछ। अघिल्लो खेलमा यूएईलाई सात विकेटले पराजित गरेर उच्च मनोबलमा रहेको नेपाली टोली क्यान...

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।

७ वर्षे बालक तेगबीरको कीर्तिमान : ५,४१६ मिटरको थोरङ्ला पास पार गर्दै बने संसारकै कान्छो पदयात्रीमध्ये एक

काठमाण्डौँ । भारतका ७ वर्षीय तेगबीर सिंहले ५,४१६ मिटर उचाइको थोरङ्ला पास पार गर्दै संसारकै कान्छा पदयात्रीमध्ये एकको कीर्तिमान बनाएका छन् । अप्रिल ११ मा सुरु भएको यात्रा १८ मा पूरा गर्दै उनले कडा चिसो र कम अक्सिजनबीच २३० किमि पदयात्रा सफलतापूर्वक...

लुम्बिनीको जितसँगै एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपिएल दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार...