आइतबार, १५ कात्तिक २०८३
नेपाली

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

Main News Image

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ ।

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा डिजिटल माध्यमहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ । बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न सधैं नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएकोे छ । एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

चिया निकासीमा भारतीय अवरोध हट्यो

विराटनगर । नेपाली चियाको गुणस्तर परीक्षणका नाममा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड ९एसओपी० का कारण झन्डै दुई महिनादेखि अवरुद्ध भएको नेपाली चिया निकासी मंगलबारदेखि पुनस् सुरु भएको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीक...

हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमि...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैया...