अब ऋण लिन बैंक नचाहिने, व्यक्ति-व्यक्ति बीच विधिवत कर्जा लेनदेनलाई व्यवहारमा उतार्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज आर्थिक वर्ष २०८३र८४ को २५औँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । यस वर्षको मौद्रिक नीतिले ७ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी डिजिटल वित्तीय उपकरण र नियमनकारी सरलीकरणमा विशेष जोड दिएको छ ।
यस पटकको मौद्रिक नीतिको सबैभन्दा महत्त्वपूर्ण र नवीन पक्ष व्यक्तिगत क्रेडिट स्कोरिङ पीयर टू पीयर’ लेनदेन प्रणालीको अध्ययन सुरु गर्ने घोषणा हो । राष्ट्र बैंकले अब व्यक्ति(व्यक्ति बीच प्रत्यक्ष रूपमा कर्जा लेनदेन गर्न सकिने प्लेटफर्मको विकासका लागि विस्तृत अध्ययन अघि बढाउने भएको छ । अर्थात् पीटुपी प्लेटफर्म बनेपछि ऋण लिन बैंक नै अनिवार्य रूपमा चाहिँदैन ।
पीटुपी लेन्डिङ विशेष गरी ‘व्यक्तिगत क्रेडिट स्कोरिङ’ मा आधारित हुनेछ । क्रेडिट स्कोरिङका आधारमा ऋण लिने व्यक्तिको भुक्तानी क्षमता र जोखिम मापन गरिने हुनाले वित्तीय कारोबार थप व्यवस्थित र सुरक्षित हुने बैंकको विश्वास छ । यो व्यवस्था कार्यान्वयनमा आएमा परम्परागत बैंकभन्दा बाहिर रहेका व्यक्तिहरूले पनि सहजै कर्जा आदानप्रदान गर्न सक्नेछन्, जसले वित्तीय पहुँच र डिजिटलाइजेसनमा नयाँ युगको सुरुवात गर्नेछ ।
पीटुपी लेन्डिङ एउटा आधुनिक वित्तीय प्रणाली हो जहाँ ऋण दिने र लिने व्यक्ति सिधै एक(अर्कासँग सिधै जोडिन्छन् । यसमा परम्परागत बैंक वा वित्तीय संस्थाको मध्यस्थता आवश्यक पर्दैन ।
एक्सप्रेस
सम्बन्धित खबर
नेशनल लाईफद्धारा मधेश प्रदेशका सिइओ क्लब सदस्यहरु सम्मानित
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट...
प्रधानमन्त्रीको चासोपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालन
काठमाडौँ । भारतले चिया निर्यातमा गरेको कडाइका कारण विगत केही दिनदेखि बन्द रहेका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । सरकारले उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने आश्वासन दिएपछि असार १ र ४ गतेदेखि बन्द भएका उद्योगह...
यस्तो छ मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण
काठमाडौँ । खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत् आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको हो...
रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद
रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय...
पाँच वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।
विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ६५ रुपैय...



