एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा
काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट लय र ऐतिहासिक कीर्तिमानको मद्दतमा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार आज सम्पन्न समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले युरोपेली प्रतिद्वन्...
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएपछि नेपाल शृंखालाभरि जितविहीन
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ । जितका लागि नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमा...
एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलको छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ । शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२.२ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उ...
एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर...
मध्यपूर्वको तनावले स्थगित भयो नेपालमा हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा...
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदान उत्रँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।



