आइतबार, २५ असोज २०८३
नेपाली

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

Main News Image

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो। लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो।

दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो। गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ। लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ।

नेपाल क्रिकेट सङ्घ९क्यान०को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थिए।

mediabaaji add

सम्बन्धित खबर

बक्सिङमा इतिहास रचेका मगर आज स्वदेश फर्किँदै

काठमाडौँ । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदैछन् । चन्द्रबहादुर नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गर...

विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।&...

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।

यसअघि नेपालले मुम्बईमा एमसीए प...

टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित, मिलाएनन् हात

कोलम्बो । टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो प्रतियोगिताको इतिहासमा रनको हिसाबले पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित हो । यो जितसँगै भारतीय टोली सुपर ८ को लागि छनोट भएको छ । टोली लगातार तीन जितसहित समूह ए अंक तालिका...

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुनेछ । डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपा...

क्यानले सार्वजनिक गर्‍यो वर्षभरिको व्यस्त क्यालेन्डर

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि क्रिकेट गतिविधिहरूले भरिएको विस्तृत वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रति...