बिहिबार, १२ कात्तिक २०८३
नेपाली

एनपीएल : सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

Main News Image

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उत्कृष्ट ब्याटिङ गर्दै १६.५ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेल्दै ३६ बलमा अविजित ५१ रनको अर्धशतक प्रहार गरे। यस्तै, इसान पाण्डेले ३१ बलमा ३७ रन र ब्रान्डन म्याकमलेनले १२ बलमा विस्फोटक २२ रनको योगदान दिए।

mediabaaji add

सम्बन्धित खबर

युनिस र हुसैनको घातक बलिङ : जनकपुरलाई १९ रनले हराउँदै कर्णालीको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणअन्तर्गत मङ्गलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको ल...

मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे

काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।

एम्बाप्...

एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल

काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मल...

नगदको जमाना गयो ! गोल्डकप विजेतालाई अलैँची पुरस्कार

काठमाडौँ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई नगदको सट्टा एक सय ३१ केजी ९तीन मन ११ किलोग्राम० अलैँची पुरस्कार उपलब्ध गराइएको छ । बिहीबार भएको फाइनल खेलमा गणेश...

विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा : युरोपका ६ टोली अन्तिम आठमा

काठमाडौँ । उत्तर अमेरिकाका तीन राष्ट्रहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको २३औं संस्करणको फिफा विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल समीकरण पूर्ण रूपमा तयार भएको छ ।

बुधबार बिहान क्यानडाको भ्यानकुभरमा सम्पन्न...

एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।