शनिबार, ०६ भदौ २०८३
नेपाली

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने ओलीको दाबी

Main News Image

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नेपालमा हुने आगामी निर्वाचनको परिणाम बंगलादेशको जस्तै आउने दाबी गरेका छन् । उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् । काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले अहिले देखिएको राजनीतिक वातावरणले नेपालमा पनि बंगलादेशकै चुनावी प्रवृत्ति दोहोरिन सक्ने संकेत गरेको बताए । 

सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरू पराजित भएको तथा आन्दोलनबाट उदाएका दलहरू कम सिटमा सीमित भएको विषयमा सोधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले देशमा अझै चुनावका लागि पूर्ण भरोसायोग्य वातावरण नबनेको दोहोर्‍याए। पार्टी चुनावी तयारीमा सक्रिय भए पनि राजनीतिक स्थिरता र विश्वस्त माहोल निर्माण हुन बाँकी रहेको उनको भनाइ छ ।


mediabaaji add

सम्बन्धित खबर

संघीय सत्ताबाट अपदस्त एमाले प्रदेशबाट पनि लखेटिँदै

काठमाडौँ । जेनजी आन्दोलनपछि केन्द्र सरकारबाट बाहिरिएको एमाले अब प्रदेश सरकारहरू पनि गुमाउने अवस्थातर्फ पुगेको छ । कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्दै नेकपासँग नयाँ सत्ता समीकरण बनाउन थालेपछि कर्णालीबाट सरकार परिवर्तनको प्रक्रिया सुरु भएको छ...

चमतीमा रास्वपाको शपथ ग्रहण : सभापति लामिछानेसहितका नेताहरू केन्द्रीय कार्यालयमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह केहीबेरमा आयोजना हुँदैछ । चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने यस विशेष शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि रास्वपा सभापति रवि...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै, बजेट र नीति तथा कार्यक्रममा केन्द्रित हुने

काठमाडौँ । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । जिल्ला न...

अर्थतन्त्र सुधारका लागि कांग्रेस महामन्त्री पौडेलका १५ बुँदे प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्र सुधारसम्बन्धी १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब नारामा सीमित नहुने र आर्थिक रूपान्तरणलाई नतिजामा लैजाने गरी ‘अपरेटिङ सिस्टम’ नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस विशेष महाधिवेशन रोक्ने खड्काको अन्तिम योजना

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुने परिस्थिति सिर्जना हुन नदिने बताएका छन् । शुक्रबार बिहान कांग्रेसभित्रका संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग भएको भेटमा ख...