शनिबार, २१ कात्तिक २०८३
नेपाली

नयाँ आईजीपी नियुक्तिबारे ओलीको कटाक्ष_'अह्राएको काम गर्छन् भनेर बनाएको होला'

Main News Image

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक आईजीपी फेरबदल गर्ने सरकारको निर्णयप्रति तीखा कटाक्ष गरेका छन् । नवनियुक्त आईजीपी डा। मनोज केसीको नियुक्तिलाई लक्षित गर्दै उनले सरकारले आफ्नो अनुकूल काम गराउन नेतृत्व बदलेको आरोप लगाएका हुन् ।

बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिएका हुन्। सरकारले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई हटाएर डा। केसीलाई जिम्मेवारी दिएको प्रसङ्गमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै ओलीले उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर नै नयाँ आईजीपी बनाएको होला भन्ने टिप्पणी गरे।

mediabaaji add

सम्बन्धित खबर

गगन नेतृत्वको कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्। हिजो निर्वाचित भएको कार्यसमितिको आज बसेको पहिलो बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रे...

अदालतले न्याय दिएकाले नेपाल फर्कन पाएँ, म हिन्दु हुँ तर सबै धर्मको सम्मान गर्छु : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको र अहिले पनि अदालतकै कारण नेपाल फर्कन सफल भएको बताएका छन्।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजि...