सोमबार, ०९ कात्तिक २०८३
नेपाली

बडादसैको आज दोस्रो दिन दसैँको टीका र जमरा लगाउने क्रम जारी

Main News Image

काठमाडौं । बडादसैँअन्तर्गत विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन घरपरिवारमा टीका लगाएपछि आज आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने परम्परा छ। टाढा रहेका मान्यजनकहाँ जानेहरू कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउन जाने गर्दछन्।

नेपालका कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गा भवानीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिन्छ।विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल र भारतबीच विद्युत् आदानप्रदान सम्बन्धी सातबुँदे सहमति

काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आदानप्रदान, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सातबुँदे सहमति भएको छ । यही कात्तिक १७ र १८ गते पोखरामा सम्पन्न नेपाल र भारतको सहसचिवस्तरीय सं...