मंगलबार २१.१५ अंकले घट्यो नेप्से परिसूचक, बजार २६६३.१८ बिन्दुमा !
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा पुगेको छ । आजको बजारमा एभरेस्ट कलरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कर वक्यौता चुलिँदै : ९४ अर्ब ९५ करोड पुग्यो उठ्न बाँकी रकम
काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालमा उठ्न बाँकी कर वक्यौता चुलिन थालेको छ । आन्तरिक राजस्व विभागका अनुसार, आर्थिक वर्ष २०८१र०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड...


