एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०९ किलोग्राम गाँजा भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा बरामद गरिएको हो ।
गएराति ११ बजेतिर पूर्वपश्चिम लोकमार्ग हुँदै लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय रामगोपालपुरको टोलीले छापा मारेको थियो । प्रहरीले डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्।
बरामद गरिएको गाँजा र कारलाई हाल प्रहरी नियन्त्रणमा राखेर थप कानुनी कारबाही र फरार चालकको खोजी कार्य अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
व्यवसायी शंकरलाल अग्रवाल सीआईबीद्वारा पक्राउ
काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको हो । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
अदालतमा हाजि...
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना चैतको अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् ।
सम्पत्ति...



