करिब १४ लाखको मोबाइलसहित विमानस्थलबाट एक जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँबराबरको मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्कालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
विमानस्थलको गोल्डेन गेट बाहिरपट्टि शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दै जाँदा खड्काले बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ संसद भवनको सुरक्षा अवस्थाबारे उच्च प्रहरी अधिकृतले गरे निरीक्षण
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले सिंहदरबार क्षेत्रस्थित निर्माणाधीन संघीय संसद् भवनको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा एआईजी कार्कीसँगै प्रहरीका वरिष्ठ अधिकृतहरू तथ...
जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरा...



