२४ घण्टामा एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा
काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका साधन असुरक्षित ढङ्गले सञ्चालन गर्ने ३८ सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।
यसैगरी, अनावश्यक रुपमा हर्न बजाउने ४६ जना, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने २० जना र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९३ जनालाई कारबाही गरिएको छ । ट्राफिक कारबाहीबाट ११ लाख ८४ हजार ५०० राजस्व राज्यकोषमा दाखिला भएको उक्त कार्यालयले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...
दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अनुमति
काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुव...



