शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

अन्त्येष्टि गरेको ६ महिनापछि घर फर्किए पदमबहादुर, परिवारले लिइसकेका थिए बिमाको पैसा

Main News Image

विराटनगर । जसको मृत्यु भयो भन्ने सोचे र परिवारले ६ महिना पहिल्यै अन्त्येष्टि गरिसकेको थियो, उनै व्यक्ति गत आइतबार राति ९ बजे जीवितै टुप्लुक्क घर आइपुगे । पदमबहादुरको अन्त्येष्टि सहित काजकिरिया भइसकेको थियो । जिउँदै फर्केपछि उनको पुनः न्वारान र ब्रतबन्ध गरियो, त्यसपछि पदम बहादुर अहिले दिलबहादुर बनेका छन् ।

पदमबहादुरको पुनरागमन परिवारका लागि अप्रत्याशित खुसीको क्षण बन्यो । तर यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ, त्यसबेला पदम ठानेर दाहसंस्कार गरिएको शव कसको थियो त ? मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राय क्षेत्री गत जेठमा मृत ठानेर परिवारले अन्त्येष्टि गरिएका व्यक्ति हुन् । उनी गत आइतबार राति ९ बजे जीवितै घरमा आइपुगे । मरिसकेको भनिएका व्यक्ति जिउँदै फर्कँदा परिवार र छिमेका कोलाहल मच्चियो । र, उनको घर फिर्ति सत्य थियो । हिन्दू परम्पराअनुसार उनको पुनः न्वारान र व्रतबन्ध गर्नुपर्‍यो । राय परिवारका छिमेकी तथा स्थानीय पत्रकार प्रशान्त निरौलाका अनुसार पदमबहादुरको नाम अब दिलबहादुरमा परिणत भएको छ ।

दुर्घटनामा उनको मृत्यु भएको विश्वासमा परिवारले अन्तिम संस्कार गरेको थियो । मृत्युका आधारमा दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँसमेत परिवारले बुझिसकेको छ ।

mediabaaji add

सम्बन्धित खबर

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई प...

दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाले यस खण्डमा गरिएको कंक्रिट ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालय एडीबी का आयोजना निर्देशक चुडाराज ढ...