पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार
काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गरिएको छ ।
नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्य परराष्ट्र नीति, कूटनीति, साहित्य, भाषाविज्ञान तथा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता हुन् । उनका साहित्य, भाषाविज्ञान र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित छन्। ‘यदुनाथ खनालः जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये पर्छन् ।
संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत काम गरिसकेका आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न महत्त्वपूर्ण योगदान दिएका छन्।
यसैगरी, नेपाली साहित्यमा पाँच दशकदेखि सक्रिय साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ। ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासीले झन्डै दुई दर्जन ग्रन्थको सम्पादनसमेत गरेका छन्। उनी लीला लेखनका व्याख्याताका रूपमा पनि परिचित छन् ।
धरावासीकासाहित्यिक कृतिमा सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद तथा इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक शैलीमार्फत प्रस्तुत गरिएको छ। विशेषतः आख्यानका माध्यमबाट नेपाली समाजका विविध पक्षलाई साहित्यमा उजागर गर्नु उनको लेखनको विशेषता हो। त्यस्तै, विक्रम संवत् २०८२ मा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिमध्येबाट छनोट गर्दै कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ।
‘सलह’ उपन्यासले नेपाली समाजका सीमान्तकृत समुदायका आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति चित्रण र मार्मिक कथनशैली यस उपन्यासका प्रमुख विशेषता हुन्।
व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै सीमान्त जीवन र नारी अस्तित्वका प्रश्नलाई प्रभावशाली रूपमा उठाएको ‘सलह’ले नेपाली उपन्यास साहित्यमा महत्त्वपूर्ण स्थान बनाएको छ।
नेपाली भाषा, साहित्य र कूटनीतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा उत्कृष्ट साहित्यिक कृतिलाई सम्मान गर्ने प्रतिष्ठानको यस वर्षको निर्णयले नेपाली साहित्यिक क्षेत्रका विविध विधा र साधनालाई सम्मान गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे। ...
बागमती साहित्य महोत्सव संस्करण दुइ चितवनमा हुने
मिडियाबाजी डटकम,काठमाडौँ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ “बागमती साहित्य महोत्सव २०८३” चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको हलमा सञ्चालन हु...
गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन
चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ । मञ्चका विशिष्ट सदस्य तथा गजलकार राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’, संस्थापक अध्यक्ष तथा गजलकार...
रहेनन् वरिष्ठ कलाकार सुनिल थापा
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मिडियाबाजीलाई जानकारी दिए ।
थापा लामो समयदेखि नेपाली...
फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न
पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ।
‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त...
पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !
मिडियाबाजी डटकम,पोखरा ।
• नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियो...


