सोमबार, ०९ कात्तिक २०८३
नेपाली

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

Main News Image

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल असिम मुनिर इरानको राजधानी तेहरान पुगेका छन् ।

प्रधानमन्त्री सरिफ बुधबार साउदी अरबको जेद्दाह पुगेका हुन्। उनले त्यहाँ साउदी युवराज मोहम्मद बिन सलमानसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ ।

मध्यपूर्वी क्षेत्रमा शान्ति कायम गर्न साउदी अरबको भूमिका महत्त्वपूर्ण हुने भएकाले, अमेरिका र इरानबीचको दोस्रो चरणको वार्ताका लागि क्षेत्रीय समर्थन जुटाउन यो भ्रमण केन्द्रित रहेको बताइएको छ। साउदी अरबपछि प्रधानमन्त्री सरिफ कतार र टर्कीको समेत भ्रमणमा जाने तालिका रहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु

काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...