शुक्रबार, ३० असोज २०८३
नेपाली

पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना

Main News Image

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन(चट्याङसहित मध्यम सम्मको वर्षा(हिमपातको सम्भावना रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

पश्चिमी वायुको प्रभाव : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशभर आंशिक बदली रहेको छ भने आज दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश...

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी...

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति...

महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज  बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज बनवासा...

भोटेकोसी बाढीले नेपाल–चीन सीमास्तम्भ बगाएको ठाउँमा राष्ट्रिय झन्डा पुनर्स्थापना

काठमाण्डौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपाल(चीन सीमा स्तम्भ बगाएको स्थानमा सरकारले शनिबार भदौ २० गते राष्ट्रिय झन्डा पुनर्स्थापना गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएअनुसार पछिल्लो तीन दिनको निरन्तर प्रयास...