बुधबार, २१ असोज २०८३
नेपाली

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना : २२ जना यात्रु घाइते

Main News Image

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

श्रम मन्त्रालयसँग सहमतिपछि म्यानपावरहरूको आन्दोलन फिर्ता

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयलाई लिएर सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलपछि संघले...

विश्वभर २५७० औं बुद्ध जयन्ती मनाइँदै : शान्तिका अग्रदूत गौतम बुद्धको स्मरण

काठमाडौँ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका वाहक, शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जयन्ती आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई बौद्ध धर्मावलम्बीहरूले...

हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादपछि कपिलवस्तुमा निषेधाज्ञा

काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक...

आज राष्ट्रिय चिया दिवस मनाइँदै

काठमाडौँ । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ । नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौ...

अन्तिम सुरक्षा परीक्षणपछि साउनभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुल्ने

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि सञ्चालनमा ल्याइने भएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको सडक विभागले जनाएको छ...

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

काठमाण्डौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४ सय ६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार...