आइतबार, १८ असोज २०८३
नेपाली

दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु

Main News Image

काठमाण्डौँ । दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ । 

चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आ–आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “विशेषगरी दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यो वर्ष दसैँ–तिहारलगायतका चाडपर्वका लागि उपत्यकाबाट कम्तीमा पनि आठ लाख बढी बाहिरिने अनुमान गरिएको छ ।”

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढ्न थालेको छ । उनले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारीसाधन सञ्चालनको तयारी गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

अनसनरत डा निकोलससँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको...

आज नाग पञ्चमी पर्व मनाइँदै, कसरी टाँस्ने ? के छ विधि र महत्त्व ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको...

विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने

काठमाडौँ । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदै छ । जोशीको शव फ्लाई दुबईको उडानमार्फत दिउँसो २ः३५ बजे काठमाडौं आइपुग्ने छ । पार्थिव शरीरको सम्मानपूर्वक स्वागत तथा स्थान...

जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ । बाली जोगाउन राखिएको करेन्टमा परेर धुर्कोट गाउँपालिका(५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको म...

निर्वाचन आयोगले न्यायाधीशहरूको नियुक्ति रोकिदियो

काठमाडौँ । न्यायपरिषदले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्नको लागि सहमति दिन निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले परिषदको आग्रह अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भएको भन्दै न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्...

बीपी उद्यान क्षेत्रमा चल्यो डोजर !

पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार...