दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
काठमाण्डौँ । दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ ।
चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आ–आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “विशेषगरी दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यो वर्ष दसैँ–तिहारलगायतका चाडपर्वका लागि उपत्यकाबाट कम्तीमा पनि आठ लाख बढी बाहिरिने अनुमान गरिएको छ ।”
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढ्न थालेको छ । उनले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारीसाधन सञ्चालनको तयारी गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो, २५ जना अझै सम्पर्कविहीन
रसुवा । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङभित्रबाट दुई जनाको शव निकालिएको छ । सुरङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार ती शवहरू बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए...
अन्तिम सुरक्षा परीक्षणपछि साउनभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुल्ने
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि सञ्चालनमा ल्याइने भएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको सडक विभागले जनाएको छ...
सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै महानगरपालिका
काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।
आयोजनाका इञ्जिनियर स...
सुन्तलीको बिलौना: मानसिक रुपमा विक्षिप्त श्रीमान्लाई हेरौँ कि छोरीको उपचार गरौँ ?
काठमाडौँ । कलाकार कुञ्जना घिमिरे सुन्तलीले आफ्नो पारिवारिक पीडा सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने योजनाका साथ अघि बढेका श्रीमान् सीताराम कट्टेल धुर्मुस मानसिक रुपमा विक्षिप्त भएको र छोरी शुविहानीको लगातार उ...
वैशाख १ गते मात्र फुल्ने फूलबारीमा बिहानैदेखि घुइँचो
काठमाडौँ । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको...
निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन
काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ ।
बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७...


