शनिबार, ०७ कात्तिक २०८३
नेपाली

शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति गराउन सक्नुपर्छ : राष्ट्रपति

Main News Image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई सक्रिय र दृढ रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति पौडेलले चारै सुरक्षा निकायका प्रमुखहरूलाई सम्बोधन गर्दै आम नागरिक र राजनीतिक दललाई विश्वास दिलाउन सक्ने गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरे । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू पनि छलफलमा सहभागी थिए ।

राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीहरू अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । छलफलमा सहभागी प्रधानमन्त्री कार्कीले चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सुरक्षा निकायका लागि आवश्यक सम्पूर्ण साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । सुरक्षा निकायका प्रमुखहरूले विगतमा पनि जटिल परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेको स्मरण गराउँदै अहिलेको निर्वाचनका लागि पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

प्रतिनिधि सभा निर्वाचन हुन ८२ दिन बाँकी, समानुपातिकमा सहभागी दललाई चिन्ह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन...

सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान-प्रदान, संघीय संसद्को प...

सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौँ : खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । सुर्खेतमा आज आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली...

छिन्नभिन्न हुँदै एकीकृत समाजवादी, माधव नेपालले अलपत्र पारेको आरोप

काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी छिन्नभिन्न हुने भएको छ । नेकपा एमालेबाट छुट्टिएर बेग्लै संगठन निर्माण गरेको चार वर्षपछि एकीकृत समाजवादी विघटनको बाटोमा अघि बढेको छ । अध्यक्ष माधवक...

मन्त्री हुँदा जेनजी घटना भयो, नैतिक जिम्मेवारी लिँदै उम्मेदवार बन्दिनँ : पूर्वमन्त्री पाण्डे

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बाजुरामा जारी उम्मेदवार सिफारिस प्रक्रियामा सहभागी रहँदै पाण्डेले पार्टीलाई बलियो बनाउन अन्य जि...

प्रचण्डले भने– राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले वर्तमान...