बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति गराउन सक्नुपर्छ : राष्ट्रपति

Main News Image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई सक्रिय र दृढ रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति पौडेलले चारै सुरक्षा निकायका प्रमुखहरूलाई सम्बोधन गर्दै आम नागरिक र राजनीतिक दललाई विश्वास दिलाउन सक्ने गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरे । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू पनि छलफलमा सहभागी थिए ।

राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीहरू अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । छलफलमा सहभागी प्रधानमन्त्री कार्कीले चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सुरक्षा निकायका लागि आवश्यक सम्पूर्ण साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । सुरक्षा निकायका प्रमुखहरूले विगतमा पनि जटिल परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेको स्मरण गराउँदै अहिलेको निर्वाचनका लागि पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यव...

केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइ : बागमती सरकार दबाबमा

हेटौँडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन अत्याधुनिक क्षमताका ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना गरे पनि सुरक्षण मुद्रण विभागबाट सञ्चालन अनुमति नआउँदा मेस...

देउवाको स्वदेश फिर्ती र अदालतको आदेश : कांग्रेसभित्र फेरिँदै शक्ति सन्तुलन

काठमाडौँ । नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा पेचिलो र अनिश्चित राजनीतिक मोडबाट गुज्रिरहेको छ । गत पुस महिनाको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि सतहमा आएको पार्टीको आन्तरिक विवाद समयक्रमसँगै सुल्झिनुको साटो झन् गहिरिँदै गएको छ ।<...

दल दर्ता गर्दै मिराज ढुंगाना, भोली दिउँसो पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल दर्ता गर्ने भएका छन् । ढुंगानाले शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर दलको नाम घोषणा गर्ने बताएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विद...

बालेनले विश्वासको मत लिनु नपर्ने

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री नियुक्त भइसकेपछि विश्वासको मत लिनु पर्ने छैन । निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्...

जेष्ठ सदस्य केसीले नवनिर्वाचित सांसदलाई शपथ खुवाउने

काठमाडौँ । नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अन्य सांसदहरूलाई शपथ खुवाउने भएका छन् । ७८ वर्षीय केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १२ गते दिउँसो शपथ ग्रहण गरेपछि अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।