शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति गराउन सक्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई सक्रिय र दृढ रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति पौडेलले चारै सुरक्षा निकायका प्रमुखहरूलाई सम्बोधन गर्दै आम नागरिक र राजनीतिक दललाई विश्वास दिलाउन सक्ने गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरे । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू पनि छलफलमा सहभागी थिए ।
राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीहरू अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । छलफलमा सहभागी प्रधानमन्त्री कार्कीले चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सुरक्षा निकायका लागि आवश्यक सम्पूर्ण साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । सुरक्षा निकायका प्रमुखहरूले विगतमा पनि जटिल परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेको स्मरण गराउँदै अहिलेको निर्वाचनका लागि पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
मन्त्री र सचिवलाई प्रधानमन्त्री कार्कीको निर्देशन : नागरिकले महसुस गर्ने गरी काम गर्नू
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री र सचिवहरूलाई १४ बुँदे निर्देशन दिँदै हरेक मन्त्रालयले नागरिकले महसुस गर्ने गरी काम गर्न आग्रह गरेकी छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयम...
बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डल’ले सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत उनल...
राष्ट्रिय सभामा २ पद रिक्त, नियुक्तिका लागि आयोग नै अलमल
काठमाडौँ । राष्ट्रिय सभाका दुई पद अझै रिक्त रहेका छन् । एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्नुपर्ने हो भने अर्को पद सुदूरपश्चिमबाट निर्वाचित सदस्य बलदेव बोहराको निधनपछि रिक्त भएको हो ।
मनोनीत सदस्यका लागि तत्कालीन सरकारले गृहमन्त...
देउवाको स्वदेश फर्किने तालिका संशोधन : बिहीबार दिउँसो १२:३० बजे काठमाडौं ओर्लिने
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फर्किने मिति र समय परिवर्तन भएको छ । यसअघि साउन २६ गते राति काठमाडौँ अवतरण हुने तय भएको तालिका परिमार्जन गरी अब आगामी बिहीबार साउन २८ गते मध्याह्न साढे १२ बजे...
जनताले पुराना दललाई ३५ वर्ष कुरे, हामीलाई २६ दिन पनि कुर्नेवाला छैनन् : रवि लामिछाने
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्नुपर्ने बताएका छन् । रास्वपा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सम्हालिएर काम गर...
पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकास ढिलाइ हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्यालाई मुख्य दोषी ठानेका छन् । सामाजिक सञ्जालमार्फत जारी भिडियो सन्देशमा उनले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा व्यापक सुधार...



