बुधबार, ०४ कात्तिक २०८३
नेपाली

शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति गराउन सक्नुपर्छ : राष्ट्रपति

Main News Image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई सक्रिय र दृढ रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति पौडेलले चारै सुरक्षा निकायका प्रमुखहरूलाई सम्बोधन गर्दै आम नागरिक र राजनीतिक दललाई विश्वास दिलाउन सक्ने गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरे । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू पनि छलफलमा सहभागी थिए ।

राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीहरू अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । छलफलमा सहभागी प्रधानमन्त्री कार्कीले चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सुरक्षा निकायका लागि आवश्यक सम्पूर्ण साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । सुरक्षा निकायका प्रमुखहरूले विगतमा पनि जटिल परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेको स्मरण गराउँदै अहिलेको निर्वाचनका लागि पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचनको तयारीमा आयोग : एआईको समेत अनुगमन हुने

काठमाडौँ । निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार यस हप्ता विभिन्न महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अनुसार निर्वाचन आचारसंहिता पारित गर्नुका साथै राजनीतिक दलको समानुपात...

देउवालाई ‘सुवर्ण शमशेर पथ’ पछ्याउन शर्माको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशनका लागि दुईवटा विकल्प रहेको बताएका छन् । जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएका इलामका कांग्रेस कार्यालयहरूको अवलोकनपछि आयोजित कार्यक्रममा उनले...

पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले बदर गरेर धरौटीमा रिहा गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र स...

आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

काठमाडौँ । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाल...

८ लाख ३७ हजार मतदाता थपिए

काठमाडौँ । नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन् । आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।...

रवि-बालेन बीचको एकतामा हस्ताक्षर आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बीचको एकतामा हस्ताक्षर आज हुने भएको छ । शुक्रबार साँझसम्म सहमतिमा सम्झौताको तयारी गरे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले श...